कस्मिरमा भारतले सर्जिकल स्ट्राइक गरेको भन्ने कुराको राष्ट्र संघबाट खण्डन
संयुक्त राष्ट्र संघले आफ्नो नियन्त्रण रेखामा भारतले सर्जिकल स्ट्राइक गरेको भन्ने कुराको खण्डन गरेको छ ।
संयुक्त राष्ट्र संघका महासचिव बान किन मुनका प्रवक्ता स्टिफन दुजारिकले भारतले संयुक्त राष्ट्रसंघ नियन्त्रित क्षेत्रमा सर्जिकल स्ट्राइक गरेको कुनै प्रमाण नभएको भन्दै खण्डन गर्नुभएको हो ।
दुजारिकले आफ्नो सैन्य दलले चौबिसै घण्टा निगरानी गरिरहेको भन्दै भारतले कुनै सर्जिकल स्ट्राईक गरेको प्रमाण नभेटिएको स्पष्ट पार्नुभयो । यद्यपी संयुक्त राष्ट्र संघका लागि भारतका राजदूत सैय्यदले भने आफूहरुले सर्जिकल स्ट्राइक गरेको सही भएको भन्दै कसैले देख्ने नदेख्नेमा कुनै फरक नपर्ने जनाउनुभएको छ ।
भारतले जम्मु कश्मिर क्षेत्रको नियन्त्रण रेखामा चरमपन्थीको अखडा नष्ट गर्न सर्जिकल स्ट्राइक गरेको दाबी गर्दै आएको थियो । पछिल्लो समय भारत र पाकिस्तानबीच जम्मु कश्मिर क्षेत्रलाई लिएर ब्यापक तनाव हुँदै आएको छ ।