इराकका बालबालिकालाई विद्यालय पठाउन संयुक्त राष्ट्र संघको विशेष अभियान शुरु
संयुक्त राष्ट्र संघले इराकमा विद्यालय बाहिर रहेका लाखौं बालबालिकालाई विद्यालय पु¥याउन विशेष अभियान शुरु गरेको छ ।
राष्ट्रसंघीय बालकोष युनिसेफले इराकको शिक्षा मन्त्रालयसँगको सहकार्यमा ‘ब्याक टु स्कूल’ अभियान थालेको हो । विद्यालय उमेरका झण्डै ३५ लाख इराकी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक छ ।
यसअन्तर्गत कम्तिमा १४ लाख बालबालिकालाई विद्यालयसम्म ल्याउन प्रयास गरिने छ । विद्यालयबाहिर रहेका बालबालिका चाँडै विवाह हुने, श्रम शोषणमा पर्ने तथा विभिन्न विद्रोही समूहमा भर्ना हुने खतरा छ ।
इराकका झण्डै १० लाख बालबालिका द्वन्द्वका कारण आन्तरिक रुपमा विस्थापित भएका छन् ।
त्यसमध्ये ७० प्रतिशत बालकालिका वर्षभरि विद्यालयबाट बाहिर रहन बाध्य भएको युनिसेफले जनाएको छ । पछिल्लो समय द्वन्द्व थप चर्किँदै गएकाले बालबालिका थप प्रभावित भएका छन् ।