सिड्नीमा भीमसेन सापकोटाको जीवन परिवर्तन गराउने ‘सकारात्मक सेमिनार’


जीवन बदल्ने क्षमता तपाईं हामीमै निहित छ, मात्र खांचो छ त एउटा सानो उत्प्रेरणाको । यस्तै उत्प्रेरणा को रोचक वाणिहरू सुन्दै जीवन बदल्न सकिने एउटा महत्वपूर्ण कार्यक्रम अब नेपाली समुदाय विच सीड्नी शहरमै हुंदैछ । कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको छ । bhimsenनेपाली समुदायका विध्यार्थी, अभिभावक, ब्यापारि तथा पेशाकर्मिहरूलाई एउटा फरक प्रस्तुति दिने हैसियतले यो कार्यक्रम आयोजना गरिएको आयोजकहरूले जनाएका छन् । दैनिक कामको ब्यस्तता, चुनौतिपूर्ण जिम्वेवारी, हतारको जिन्दगीमा कसरी शान्ति र सुख प्राप्त हुन्छ, तनावलाई कसरी नियन्त्रण गर्ने १ विश्वविध्यालयको शुल्क भार, कामको दबाब, भागदौडको जिन्दगीमा सुखको श्वास कसरि फेर्ने त १ जीवनको वास्तविक आनन्द कसरी लिने त भन्ने जीवनका अमुल्य सुत्रहरू सो अवसरमा चर्चा हुने आयोजकहरूले बताएका छन्। यस्तै बिषयहरूमा केन्द्रित कार्यक्रमको मुख्य वक्ता भीमसेन सापकोटा आचार्य राजन रहनुभएको आयोजक मध्येका एक विदुर सापकोटा बताउनुहुन्छ । पछिल्ला दिनमा सापकोटाले अमेरिका, सिङ्गापुर, भारत, क्यानडा लगायतका क्षेत्रमा यस्ता साकारात्मक सोच को कार्यक्रमका सञ्चालन गरिसक्नुभएको छ । द माइण्ड पावर विश्व सान्जालको आयोजनामा हुन लागेको कार्यक्रममा सकारात्मक सोच, सुख का यौगिक सुत्रहरू, हांस्य योग, जीवनका सकारात्मक सुत्रहू सो अवसरका आकर्षण हुनेछ्न् । अक्टोवर १५, विहान १० बजे, सिभिक थिएटरमा आयोजना हुने सो कार्यक्रम को प्रवेश निशुल्क रहेको आयोजकहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?