इथियोपियामा धार्मिक उत्सवमा भागदौड मच्चिदा कयौं नागरिक हताहत


इथियोपियामा धार्मिक उत्सवमा भागदौड मच्चिदा कयौं नागरिक हताहत भएका छन् ।

राजधानी अदिस अबाबाबाट ४२ किलोमिटर टाढा धार्मिक उत्सव मनाउन भेला भएकाहरुले सरकारबिरुद्ध नारा लगाउँदै प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । त्यसक्रममा सर्वसाधारणबीच भागदौड मच्चिएको बताइएको छ ।

ढुंगा प्रहारबाट केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । घटनामा सयौं घाइते भएका छन् ।

सोही क्रममा भागदौड मच्चिदा कयौं नागरिक मारिएको बताइएको छ । विपक्षी समूहले कम्तीमा ५० जनाको मृत्यु भएको जनाएको छ । यद्यपी मानवीय क्षतिको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

घटनापछि इथियोपियामा सुरक्षा ब्यवस्था कडा तुल्याईएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?