महन्थ ठाकुरको चोरी भएको ब्रिफकेस फेला


mahanthaगत भदौ २४ गते शुक्रबार राति भक्तपुरको सानोठिमीस्थित तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरबाट चोरी भएको ब्रिफकेस प्रहरीले फेला पारेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिले आइतबार काठमाडौं महानगरपालिका–३५ को काँडाघारीको झालमा फालेको अवस्थामा ब्रिफकेस फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

ब्रिफकेसमा तमलोपाको चिट्ठी र २ वटा कलम मात्र रहेको पाइएको उहाँले जानकारी दिनुभयो । यसअघि, प्रहरीले लुटमा संलग्न सर्लाही घर भई काठमाडौँ बस्ने २३ वर्षिय रञ्जित गुप्ता र महोत्तरी घर भई काठमाडौँ बस्ने परमानन्द भन्ने प्रचण्डप्रताप सिंहलाई पक्राउ गरिसकेको छ ।

घटनाका दिन राति ठाकुर निवासमा प्रवेश गरी उनीहरुले ठाकुरकी छोरी डा. मिनाक्षीलाई आक्रमण गरी घाइतेसमेत बनाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?