सबै नेपालीको गौरव भएपनि नेपाल सम्वत लागू हुन सकेन


आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले नेपाल संवत सबै नेपालीको गौरवको विषय भए पनि व्यवहारमा लागु हुन नसकेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले नेसं ११३५ का अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा मानवअधिकारवादी नेता तुलाधरले संसारमा कहीँ पनि देशको नामबाट संवत चलेको छैन, नेसंलाई व्यवहारमा कार्यान्वयन गर्न सकेमा विश्वसामु नेपाल राष्ट्रको गौरव बढ्ने छ भन्नुभयो । पत्रकार पोषण केसी, दीपेन्द्र रोकाया, डण्ड गुरुङ, मीरा अमात्य, सागर लामालगायतले सबै वर्ग, जाति र समुदायको अधिकारलाई सुनिश्चित बनाउन सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?