डा. गोविन्द केसीको समर्थनमा सिड्नीमा ऐक्यबद्धता धर्ना हुँदै


नेपालमा मेडिकल शिक्षाको सुधार लगायतका माग राखेर अनसन सुरु गरेका डा. गोविन्द केसीको समर्थनमा अक्टोबर ९ तारिख आइतबारका दिन सिड्नीमा एैक्यबद्धता धर्ना हुने भएको छ । स्थानीय कोग्रास्थित हगवेन पार्कमा विहान ७ बजेदेखि ११ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको संयोजकमध्येका एक डिला खरेलले जानकारी दिए । डा. घनश्याम चापागाईले यसअघि पनि आफुहरुले डा. केसीको आन्दोलनलाई समर्थन गरेको र यस पटक डा. केसीलाई अझ बढी समर्थनको आवश्यकता भएको भन्दे ऐक्यबद्धता जनाउन सबैजना उपस्थित भइदिन आग्रह गरेका छन् । threeएनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष समेत रहेका डिला खरेलले एमएनटीभीसँग कुरा गर्दै भने “डा. केसी हारे भने यो देशमा कसैले सहीलाई सही र गलतलाई गलत भन्न सक्दैन। भ्रष्टाचार र अनियमिताले सदाका लागि जरो गाड्नेछन्। सक्षम व्यक्तिहरू यो देशमा केही हुँदैन भनेर फेरि देश छाडेर हिँड्नेछन्। राम्रो व्यक्तिलाई पनि कहिल्यै प्रेरणा मिल्ने छैन। अहिंसात्मक आन्दोलनले आफ्नो महत्व गुमाउनेछ त्यसैले उहाँको आन्दोलनमा विदेशमा बस्ने सबै नेपालीको एैक्यबद्धता आवश्यक छ ।” खरेलले थपे “डा. केसीको निष्ठा माथि प्रश्न गर्ने आँट कसैले नगरे हुन्छ । लोकमानको विषयमा धेरैलाई थाहा भइसकेको छ । विजया दशमीलाई असत्यमाथि सत्यको जीत मान्ने गरिन्छ यसैले सत्यको जीतका लागि हामी सबै एकजुट हुनु यतिबेलाको आवश्यकता हो ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?