न्यूजिल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा पनि भारतको शानदान प्रदर्शन
न्यूजिल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेटमा पनि घरेलु टोली भारतले शानदार प्रदर्शन गरेको छ ।
इन्दोरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिसम्म ३ विकेटको क्षतिमा दुई सय ६७ रन बनाएको छ ।
भारतका लागि कप्तान विराट कोहलीले करियरको १३ औं सतक प्रहार गर्ने क्रममा अविजित रहँदै १ सय ३ रन बनाएका छन् । त्यस्तै अजिन्क्या रहाने ७९ रनमा अविजित छन् । कोहली र रहानेबीच चौथो विकेटका लागि १ सय ६७ रनको साझेदारी भइसकेको छ । दुई वर्षपछि टिममा फर्किएका गौतम गम्भीरले भने २९ रनमात्र जोड्न सके ।
यसअघि भएका दुवै खेल जितेको भारत टेष्ट श्रृंखलामा क्लिनस्वीप नजिक पुगेको छ । भारत टेष्ट वरियतामा शीर्ष स्थानमा रहेको छ ।