जनसम्पर्क अष्ट्रेलियाबाट मैत्रिपूर्ण फूटवल र शुभकामना आदान प्रदान सम्पन्न
बडा दशैंको अवसर पारेर नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम कुमार घिमिरे र केन्द्रिय नेता नवराज गुरुङले सिड्नी अवस्थित फिलिप पार्क लिडकमको खेल मैदानमा सयूक्तरुपमा बललाई हान्दै मैत्रिपूर्ण खेलको उद्घाटन गरे । नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) ले बिजया दशमी, तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदन प्रदान गर्न सो मैत्रिपूण खेल तथा बार्बिक्यू कार्यक्रमको आयोजना गरेको थियो । गत शनिवार बिहान १० बजेबाट शुरु भएको फूटवलमा दूई समुह गरी ३० जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
निलो जर्सीमा उत्रिएका खेलाडीहरु अधिकांस नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया कार्यसमितिका थिए भने सो समुहको नेतृत्व समितिका कृष्ण गिरी, नन्द गुरुङ, मधुकर गुरुङले गरेका थिए । सेतो जर्सीमा उत्रिएका खेलाडीहरु भने बर्तमान र पूर्व एनएडिएफ कार्यसमिति लगायत बिभिन्न संघसंस्थाका सदस्यहरु रहेका थिए । सो समुहको प्रतिनिधित्व एनएडिएफका अध्यक्ष वीवेक थापा, पूर्व अध्यक्ष बालचन्द्र भट्राई, सल्लाहकार हेमन्त काफ्ले लगायतले गरेका थिए ।
बर्षै पछि खेल मैदानमा उत्रिएका खेलाडीहरु बिचको खेल अत्यान्तै रोचक र हेर्न लायकको थियो । खेलको पहिलो हाफमा कृष्ण गिरी र उपाध्यक्ष मधुकर गुरुङले एक एक गोल गर्दै खेललाई आफ्नो पक्षमा राखेका थिए । दोश्रो हाफमा पनि गिरी र फूटवल खेल आयोजना समितिका संयोजक नन्द गुरुङले एक एक गोल गरी सुन्नका बिरुद्ध ४ गोल गर्दै आयोजक जनसम्पर्क समितिलाई बिजयी गराएका थिए । खेलको उत्कृष्ठ बचाउ गरे बापत जनसम्पर्कका गोलकिपर दीनेशराज जोशी म्यान अफ दी म्याच भएका थिए । ६० मिनेटको सो खेलको रेफ्रि ईश्वर पहारीले गरेका थिए ।
प्रतियोगिता सकिएपछि सोहि स्थानमा बार्विक्यू तथा प्रमाणपत्र वितरण समेत गरीएको थियो । कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न औपचारीक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय नेताद्वय घिमिरे र गुरुङ बिशिष्ट अतिथिका रुपमा उपस्थित थिए । त्यसैगरी एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल, पूर्वअध्यक्षहरु मन केसी, गणेश केसी, ओएनएफ अध्यक्ष रमेश पाण्डे, चितवन समाज अध्यक्ष बुद्धि डल्लाकोटि, जनसम्पर्कका संरक्षक प्रेम सापकोटा, एक्का का अध्यक्ष निरज श्रेष्ठलगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले केन्द्रीय नेताहरुलाई देशमा पुगेर केही प्रश्न सोध्न भन्दै केन्द्रीय सदस्यहरुले आफुखुशी जनसम्पर्क समितिका शाखाहरु गठन गरे एउटै देशमा ६० वटाभन्दा बढी जनसम्पर्क समिति बन्ने भन्दै गुनासो गरेका थिए । कार्यक्रममा बिशिष्ठ अतिथिद्वय घिमिरे र गुरुङले प्रवासमा पनि नेपालीहरुले आपसमा सद्भाव कायम राख्दै चाडपर्वमा यस्ता खालका कार्यक्रम गर्दै मनाउनु आफैमा उदाहरण भएको बताएका थिए । कार्यक्रममा उपस्थितले शुभकामना साटासाट गरेका थिए । कार्यक्रमका केही तस्वीरहरु