सेफ नेपाल भिजिट नेपालको सांस्कृतिक कार्यक्रम सिड्नीमा सकियो, अब ब्रिसबेन र मेलबर्नमा हुने
नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने उद्देश्यले प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाल फेष्टिभल, काठमाडौंले सिड्नीमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल हुनुहुन्थ्यो भने विशेष अतिथि मेम्बर अफ पार्लियामेन्ट जुलिया फिन हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै एमाले महासचिव ईश्वर पोखरेलले समूदालाई मनोरञ्जन दिने र एकताबद्ध बनाउनेका साथै नेपालको पर्यटन प्रद्र्धन गनेृ समेतको उद्देश्य राखेर गरिएको कार्यक्रम वास्तवमै उत्साहबद्र्धक रहेको बताउनुभएको थियो । यसैगरी एमपी जुलिया फिनले नेपालको पुननिर्माणको प्रक्रिया चलिरहेको बेला पर्यटनको क्षेत्रबाट समेत टेवा दिन सकिने भन्दै कार्यक्रम आयोजनाको लागि धन्यवाद दिएकी थिइन् । यस किसिमको कार्यक्रमलाई निकै सकारात्मक रुपमा आफुले लिएको उहाँको भनाई थियो । नेपाल र अष्ट्रेलियाको सम्बन्धमा पनि यस किसिमका आपसी सांस्कृतिक आदान प्रदानका कार्यक्रमले योगदान दिने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै अतिथि पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धको जन्मभूमि नेपालमा जुन भावले गयो त्यही भावमा आफुलाई पाउन सकिने बताउनुभयो । सगरमाथाको देश नेपाल सांस्कृतिक रुपमा सम्बृद्ध रहेको भन्दै जीवित संस्कृति हेर्नका लागि अष्ट्रेलियावासीहरुलाई आह्वान गर्नुभयो । यहाँ बस्ने नेपालीले पनि आफ्ना विदेशी साथीभाईलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्नुपर्ने उहाँको भनाई थियो । यसैगरी न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले नेपाल स्वर्ग नै भएको भन्दै पर्यटकहरुले नेपालको विविधतायुक्त प्रकृति र संस्कृतिको अवलोकनबाट स्वर्गको अनुभूति पाउन सक्ने बताउनुभयो । यसैगरी न्यूसाउथवेल्सका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि बद्री अर्यालले आफुलाई नेपाल पर्यटन बोर्डले दिएको जिम्मेवारीपछिको पहिलो कार्यक्रम भएको भन्दै नेपालको पर्यटन प्रबद्र्धन गर्ने सबैखाले कार्यक्रममा सहभागिता जनाउने, सहयोग गर्ने र अष्ट्रेलियाबाट पर्यटक नेपालमा भ्रमण गराउन आफुले प्रयास गर्ने बताउनुभयो । कार्यक्रममा एनआरएनका कार्यवाहक अध्यक्ष दिनेश पोखरेलले दूतावासमा सीमित रहेको नेपाल पर्यटन प्रबद्र्धनको कामलाई नेपाल महोत्सव मार्फत र अन्य विविध गतिविधिले नेपाल जान अभिप्रेरित गरिरहेको बताउनुभयो । पर्यटन प्रबद्र्धन गर्ने कार्यक्रम जोसुकैले गरेपनि प्रशंसनीय हो भन्दै सफल कार्यक्रम आयोजनाका लािग प्रवासी नेपाली मञ्चलाई बधाई ज्ञापन गर्नुभएको थियो । आगामी कार्यक्रम प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डेको सभापतित्वमा भएको थियो । सभापतिको आसनबाट बोल्दै पाण्डेले यो कार्यक्रम मात्र नभई नेपाल सुरक्षित र नेपाल भ्रमण गरौं भन्ने एउटा अभियान नै भएको र यसलाई निरन्तर अष्ट्रेलियावासीमाझ लैजाने बताउनुभयो । यस लगत्तै सुरु भएको सांस्कृतिक कार्यक्रममा नेपालका राष्ट्रिय गायक बद्री पंगेनी, जितु नेपाल, गायिका मिलन अमात्य र प्रिती आलेले आफ्ना आकर्षक प्रस्तुति दिएका थिए । उक्त अवसरमा गायक समिर आचार्य र विकास उप्रेतिले पनि आफ्ना प्रस्तुति दिएका थिए । समिर आचार्यको दुनियाँ बेग्लैछ भन्ने गीतमा उपस्थित दर्शक रमाइलो मानेर नाचिरहेका देखिन्थे । कार्यक्रमको सञ्चालन सिड्नीका चर्चित हाँस्यकलाकार भुपेन्द्र चुडाल र टेलिभिजन प्रस्तोता उमिता वस्नेतले गरेकी थिइन् । सेफ नेपाल भिजिट नेपालको कार्यक्रम २० तारिख ब्रिसबेनमा र २२ तारिख मेलबर्नमा आयोजना हुँदैछ । एमाले महासचिव ईश्वर पोखरेल आफ्नो राजनीतिक भेटघाटका लागि यतिबेला क्यानबेरा पुग्नुभएको छ ।