भारतको एक निजी अस्पतालमा आगलागी, २० जनाको मृत्यु


aaglagiभारतको उडिसास्थित एक निजी अस्पतालमा भएको आगलागीमा परी २० जनाको मृत्यु भएको छ ।

उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा १०० जनाभन्दा बढी बिरामी जलेका छन् ।

डायलासिस कक्षबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आगलागी शुरु भएलगत्तै बिरामीहरुमा भागदौड मच्चिएको थियो । आगो आइसीयु कक्षमा समेत पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सार्न अस्पताल कर्मचारीलाई मुस्किल भएको थियो । आगलागीपछि त्यहाँका बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।

मृत्यु हुनेमा बिरामीका साथै अस्पतालका केही क्र्मचारीसमेत रहेका छन् । सात वटा दमकल र १ सय २० जना अग्नी नियन्त्रकले आगलागी नियन्त्रणमा लिएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमा भएको आगलागीले आफू निकै दुःखित भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?