मोरङ फुटबल क्लब सेमिफाइनलमा, सहारा क्लब २–१ ले पराजित


football-1मोरङ फुटबल क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा आइतबार भएको पहिलो क्वाटरफाइनलमा सहारा क्लब पोखरालाई २–१ ले पराजित गर्दै मोरङले सेमिफाइनलको यात्रा तय गरेको हो ।

मोरङका लागि खेलको २१ औं मिनेटमा दिपक राईले र ४७ औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजईले गोल गरे । त्यस्तै पोखराका लागि विदेशी खेलाडी सगुनले ३६ औं मिनेटमा सान्त्वना गोल गरे ।

खेलको म्यान अफ दि म्याच सहारा क्लब पोखराका सुशिल लामा घोषित भए । प्रतियोगिताअन्तर्गत सोमबार हुने दोस्रो क्वाटरफाइनलमा चितवन–११ र मनाङ मस्र्याङ्दी भिड्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?