ट्रम्पले १० हजार डलर दिने प्रलोभन दिँदै होटलमा बोलाएको एक पोर्नस्टारको आरोप


trumpअमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबाट कथित रुपमा यौन शोषण गरिएका वा प्रस्ताव गरिएका महिलाहरु विभिन्न काण्ड उजागर गर्दै एकपछि अर्को घटना सार्वजनिक गर्ने क्रम जारी छ ।

यसै क्रममा पछिल्लो पटक एक पोर्नस्टारले नयाँ घटना प्रकाशमा ल्याएकी छन् । पोर्नस्टार जेसिका ड्रेकले ट्रम्पमाथि नयाँ आरोप लगाएकी हुन् । जेसिकाका अनुसार उनलाई ट्रम्पले एउटा होटलमा एक्लै आउन प्रस्ताव गरेका थिए । बदलमा ट्रम्पले १० हजार अमेरिकी डलर दिने प्रलोभनसमेत देखाएको उनले बताइन् । तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ ।

लस एन्जलसमा पत्रकार सम्मेलन गर्दै जेसिकाले भनिन्, ‘त्यतिबेला म केही साथीहरुसँग ट्रम्पलाई भेट गर्न होटलमा पुगेकी थिएँ ।’ त्यतिबेला आफूसँगै गएका दुई युवतीलाई ट्रम्पले चुम्बन गरेको उनले बताइन् ।

‘मलाई ट्रम्प बसेको होटलको कोठामा एक्लै आउनका लागि १० हजार डलरको प्रस्ताव गरिएको थियो,’ उनले भनिन् । एक अपरिचित व्यक्तिले समेत फोन गरेर आफूलाई ट्रम्पका तर्फबाट सो प्रस्ताव दोहो¥याएको उनको भनाइ छ ।

यो समेत ट्रम्पमाथि कथित यौन शोषणका सम्बन्धमा आरोप लगाउने महिलाको संख्या ११ पुगेको छ ।

ट्रम्पले भने आफूविरुद्ध सुनियोजित रुपमा षडयन्त्र भइरहेको जिकिर गर्दै यस्ता कुनै पनि आरोपमा सत्यता नभएको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?