एमाओवादीलगायतका २२ दलले संविधानसभाबाटै संविधानका लागि दबाब कार्यक्रम गर्ने कार्यतालिका सार्वजनिक
एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा रहेको २२ दलीय गठवन्धनले मुलुकका विभिन्न स्थानमा गर्ने जनसभाको मिति तय गरेको छ । गठबन्धनका तर्फबाट एमाओवादीका सचिव वर्षमान पुनले जारी गर्नुभएको विज्ञप्तिअनुसार यही कात्तिक १८ गते पाँचथरको फिदिम, २२ गते धनुषाको जनकपुर र २९ गते कैलालीको धनगढीमा जनसभाको आयोजना गरिएको छ । जनसभामा मोर्चामा रहेका दलका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस्तै, मोर्चाका तर्फबाट नेपाल सम्वत् ११३५ र छठ, इद, बलिहाङ, तङनाम ल्होसारलगायत राष्ट्रिय पर्वको अवसरमा यही कात्तिक १० गते काठमाडौँमा शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजना गरिने सचिव पुनले जानकारी दिनुभयो । अघिल्ला वर्षहरुमा एमाओवादीले नेपाल सम्वत्को अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको थियो । नेपाली काँग्रेस र नेकपा(एमाले)ले यसअघि नै चियापानको आयोजना गरिसकेका छन् । यस्तै, सहमतिमा नै संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पु¥याउन दबाब दिने उद्देश्यले मुलुकका ७५ वटै जिल्लामा विचारगोष्ठी, अन्तक्र्रियालगायतका कार्यक्रम गर्नसमेत निर्देशन दिइएको सचिव पुनले बताउनुभयो ।