झारफुक गर्ने बहानामा १२ वर्षीया किशोरीमाथि यौन दुव्र्यवहार


youn_durbabahar१२ वर्षीया एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट मंगलबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रहरीका अनुसार किशोरीलाई झारफुक गर्ने बहानामा उनले यौन दुव्र्यवहार गरेका थिए ।

झारफुक गर्न आएका उनले किशोरीकी आमालाई फूल लिन पठाएको र भाइलाई पानी लिन पठाएर बालिकामाथि यौन दुव्र्यवहार गरेको सूचना आएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रफिगुललाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?