त्रिभुवन आर्मी क्लब विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबलको फाइनलमा
त्रिभुवन आर्मी क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
चितवनको नारायणगढस्थित क्याम्पाचौरमा बिहीबार भएको सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई २–० ले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीको जितमा खेलको ६६औं मिनेटमा सन्तोष तामाङ र ६७औं मिनेटमा राजु तामाङले एक–एक गोल गरे ।
खेलमा आर्मीका सन्तोष तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगिताको अर्को सेमिफाइनलमा शुक्रबार मनाङ–मर्स्याङ्दी क्लब र संकटा क्लब भिड्ने छन् ।