भाइटीकाको साइत नेपाली समय अनुसार ११ बजेर ३५ मिनेटमा
यस वर्षको भाइटीकाको साइत यही कात्तिक ८ गते शनिबार नेपाली समय अनुसार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउन चाहनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व , कात्तिक ८ गते भाइटीका परेको छ । भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ ।