स्वस्थ बनाउने अभियानमा रेम्बो अधिकारी यो साता मेलबर्न आउँदै


स्वास्थ्यसँग सम्बन्धित रहेर यो साता मेलबर्नमा एक विशेष अभियान हुने भएको छ । रेम्बो बुट क्याम्पको नाम दिइएको यस अभियान अन्तर्गत फुर्सदको समयलाई सदुपयोग गर्दै कसरी स्वस्थ हुन सकिन्छ भन्ने अभ्यासहरु यस क्रममा सिकाइने भएको छ । ramboनेपाली हेल्थ ट्रेनर रेम्बो अधिकारीका अनुसार १२ नोभेम्बर, १३ नोभेम्बर र १४ नोभेम्बर गरी तीन वटा सेसन सञ्चालन हुनेछ । स्थानीय अल नेशन्स पार्क नर्थकोटमा आयोजना गर्न लागिएको यो अभियानमा सहभागी हुनका लागि पूर्वदर्ता आवश्यक रहेको बताइएको छ । यो हेल्थ सेसनको आयोजना गरेको बुद्ध ट्राभल एण्ड टुर्सका निर्देशक भीम न्यौपानेले १२ नोभेम्बर विहान ८ बजेदेखि ९ बजेसम्म, सवा ९ बजेदेखि सवा दश बजेसम्म, १३ नोभेम्बर पनि सोही समयमा र १४ नोभेम्बर साँझ ७ बजेदेखि ८ बजेसम्म सेसन सञ्चालन गरिने जानकारी दिनुभयो । एमएनटीभीसँग कुरा गर्दै प्रशिक्षक रेम्बो अधिकारीले व्यस्त दैनिकीका बीच पनि कसरी एक्सरसाईज गर्न सकिन्छ र सानो सानो सावधानीबाट उपलब्धी हासिल गर्न सकिन्छ भन्ने जानकारी पस्कने तयारीमा आफु रहेको बताए । अधिकारी फिटनेश ट्रेनरका रुपमा क्रियाशील छन् । यस्तै हेल्थ क्याम्प अष्ट्रेलियाका अन्य शहरहरुमा पनि आयोजना गर्ने तयारी भएको जानकारी पनि अधिकारीले दिएका छन् ।
Web-ad_RGIT_SVP_Final

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?