ब्रुनाइविरुद्ध नेपालको तीन गोल, समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश


nepali-football-teamनेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङमा मंगलबार भएको खेलमा ब्रुनाइमाथि ३–० गोलअन्तरको शानदार जित हात पार्दै नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको नेपालले दोस्रो हाफमा दुई गोल गरेको हो ।

७१ औं मिनेटमा भरत खवासले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए । खेलको ८० औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा युवा स्ट्राइकर विमल घर्ती मगरले सहजै गोल गरे ।

आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल ब्रुनाईविरुद्धको जितसँगै ४ अंकसहित समूह एको विजेता बनेको हो । हारका बावजुद ब्रुनाई समूह उपविजेताका रुपमा अन्तिम चारमा पुगेको छ ।

नेपालका कप्तान विराज महर्जनले आफ्नो टिमले राम्रो खेलेको भन्दै नजिताप्रति सन्तुष्ट रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?