प्रमद्वारा बास्तोलाको स्वास्थ्य लाभको कामना, काँग्रेस नेतालाई ५० लाख सहयोग प्रदान
लामो समयदेखि बिरामी रहनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य स्थितिप्रति प्रधानमन्त्री सुशील कोइरालाले चासो व्यक्त गर्नुभएको छ । विगत २२ महिनादेखि ब्रेन ह्योमरेजबाट थला पर्नुभएका बास्तोलाको स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री कोइराला आज खुमलटार हाइटस्थित उहाँको निवास पुग्नुभएको थियो । प्रधानमन्त्रीले सरकारका तर्फबाट उपचारका लागि प्रदत्त रु ५० लाख हस्तान्तरण गर्नुभएको उहाँकी धर्मपत्नी कुसुम बास्तोलाले जानकारी गराउनुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले बास्तोलाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो ।
विगतमा पार्टीले गर्ने हरेक निर्णयमा उहाँको अनिवार्य सहभागिता हुने गरेको स्मरण गर्दै उहाँले दुई वर्षयतादेखि पार्टीमा उहाँको अभाव खट्किएको बताउनुभयो । प्रजातन्त्र प्राप्तिको अभियानमा उहाँको अतुलनीय भूमिका रहेकोसमेत प्रधानमन्त्री कोइरालाले सो अवसरमा बताउनुभएको थियो ।