सिड्नीमा सम्पन्न जी फाइभ माछापुच्छ्रे कप फुटबलको उपाधि दी राइजीङ गोर्खाज क्लबलाई


प्रतियोगिताको उपाधि दी राइजीङ गोर्खाज क्लबले जितेको छ । फाइनलमा डार्बिन हर्टसलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै दी राइजीङ गोर्खाजले उपाधि कब्जा गरेको हो । 0u2a9774नेपालका राष्ट्रिय खेलाडीहरु सम्मिलित रहेको यो प्रतियोगिताको फाईनल खेल निकै रोचक बनेको थियो । राष्ट्रिय खेलाडीहरु अनिल ओझा र जगजति श्रेष्ठ समेतको उपस्थितिमा मैदानमा उत्रिएको मेलबर्नको यति फुटबल क्लबलाई सेमिफाईनलमा पराजित गर्न सफल भएको डार्विनको टिमले फाईनलमा भने अप्रत्याशित हार व्यहोर्नु पर्यो । जितका लागि सुलभ मास्केको अगुवाईमा अघि बढेको टिमलाई त्यतिबेला झट्का लाग्यो जब उनले रातो कार्ड पाएका कारण फाईनल खेल्नबाट बञ्चित हुनुपर्यो । अर्को सेमिफाईनल दि राईजिंग गोर्खाज र ग्रानभिल क्लबबीच भएको थियो जसमा निर्धारित समयमा गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा दि राईजिंग क्लबले फाईनल यात्रा तय गरेको थियो । प्रतियोगिताको बेष्ट प्लेयरको उपाधि डार्विन हार्टस फुटबल क्लबका सुलभ मास्के घोषित भए भने बेष्ट स्कोररको उपाधि पनि उनकै पोल्टामा गयो । बेष्ट किपर दि राईजिंग क्लबका सुमिप श्रेष्ठ भए भने म्यान अफ दि म्याच डार्विन हर्टस फुटबल क्लबका सुरज श्रेष्ठ बन्न सफल भए । विजयीहरुलाई ग्रनभिलकी मेम्बर अफ पार्लियामेन्ट जुलिया डोरोथी फिन, अष्ट्रेलिायका लागि कार्यवाहक नेपाली राजदूत राजेन्द्र पाण्डे, न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएनका पूर्वप्रवक्ता मन केसी लगायतले पुरस्कार वितरण गरेका थिए । यसैबीच माछापुच्छ्रे क्लबका अध्यक्ष विजेन बटाजुले अष्ट्रेलियाका विभिन्न राज्यबाट यस प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरुसहित दर्शकहरुलाई धन्यवाद दिनुभएको थियो । 0u2a9689तीस वर्ष माथि उमेर समूहका खेलाडी सम्मिलित अर्को प्रतियोगिताको उपाधि भने आयोजक माछापुच्छ्रे क्लबले नै जितेको छ । उसले मेलवर्नको यती फुटबल क्लबलाई फाईनल भिडन्तमा एक गोलका विरुद्ध दुई गोल गर्दै उपाधि कब्जा गरेको हो । यस प्रतियोगिताको सर्वाधिक गोलकर्ता यती फुटबल क्लब मेलवर्नका हरी गुरुङ घोषित भए भने उत्कृष्ट गोलकिपर माछापुच्छ्रेका निरज श्रेष्ठ बन्न सफल भए । यसैगरी उत्कृष्ट खेलाडी माछापुच्छ्रेकै प्रविन जोशी घोषित भए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?