नेपालका परराष्ट्रमन्त्री डा. महत र अष्ट्रेलियाकी समकक्षी जुलिया विशपबीच आज क्यानबेरामा भेटवार्ता


नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आफ्ना अष्ट्रेलियन समकक्षी जुलिया विशोपसँग आज भेट गर्नुहुने भएको छ । आफ्नो पाँच दिने अष्ट्रेलिया भ्रमणका लागि आइपुगेका मन्त्री महतले बिहीबार मध्यान्ह विदेशमन्त्री जुलिया विशोपसँग भेट गर्ने अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । juliya-and-prakashपरराष्ट्रमन्त्री महतले क्यानबेरामा समकक्षीसहित विपक्षी दल लेबर पार्टीका केन्द्रीय अध्यक्ष मार्क बुटलरसँग संसद भवनमा भेट गर्नेछन् । विदेशमन्त्री विशोपलाई भेट्नुअघि छायाँ यातायात तथा क्षेत्रीय विकासमन्त्री एन्थोनी एल्बानिसका साथै राष्ट्रिय सुरक्षा छायाँमन्त्री मार्क ड्रिफुससँग पनि भेट हुनेछ । समकक्षीसँग मन्त्री डा. महतले मध्यान्ह १२ बजेदेखि १२ः३० बजेसम्म कुराकानी हुने तय भएको छ । यसलगत्तै परराष्ट्रमन्त्री डा. महतसहितको टोलीको सम्मानमा लेबर पार्टीका मेम्बर अफ पार्लियामेन्ट शाम डेष्टियारी र नेपाली समूदायबीच चर्चित छायाँ सञ्चारमन्त्री मिशेल रोल्याण्डले संयुक्त रुपमा आयोजना गरेको लञ्चमा सहभागी हुने तय भएको छ । 15224611_10154826895505929_452597930_oसंसद भवनको भ्रमण दिउँसो २ बजेदेखि ३ बजेसम्म हुने र यसपछि छायाँ अर्थमन्त्री क्रिश बोवेनका साथै छायाँ अध्यागमन मन्त्री शाने न्यूमानसँग भेट गरेर सिड्नी फर्किने कार्यक्रम तय भएको छ ।  यसैबीच, शुक्रबार एनआरएन अष्ट्रेलिया र न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको सम्मानमा दिउँसो ११ः३० बजेदेखि १ः३० बजेसम्म सिड्नीमा दिवाभोज तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । उक्त अवसरमा समूदायसँग अन्तरक्रियाका पनि गर्ने तय भएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले जानकारी दिनुभयो ।यसअघि हिजो साँझ विमानस्थलमा आइपुग्दा कार्यवाहक नेपाली राजदूत पाण्डे र एनआरएन अष्ट्रेलिया, एनआरएन न्यूसाउथवेल्सका पदाधिकारीका साथै जनसम्पर्क समिति अष्ट्रेलियाका सदस्यहरुले मन्त्री महतलाई स्वागत गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?