काँग्रेसको लडाई लोकतन्त्रको निम्ति भएको उपसभापति पौडेलको भनाई


poudelनेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले संविधान निर्माण गर्न गाह्रो पारिदिएको बताउनुभएको छ । भक्तपुरको सानोठिमी खेल मैदानमा आज मध्यपुर युथ एसोसियसनले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल तथा सानोठिमी खेल मैदानको उद्घाटन गर्दै उहाँले एमाओवादी संविधान निर्माणको बाधक भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सहमतिबाट संविधान निर्माण गर्नुपर्छ भन्छन्, हुन्छ सहमति गरेर संविधान निर्माण गरौं न त भन्दा पनि सहमति गर्दैनन् । कि सहमतिबाट कि बहुमतबाट अगाडि बढौं न त भन्दा पनि दुबैमा सहमति गर्दैनन्, वास्तवमै अहिले पनि उनीहरुले नै संविधान बन्न गाह्रो पारिराखेका छन् ।’ उहाँले भन्नुभयो – ‘नेपाल विभिन्न जातका फूलहरुबाट बनेको एउटै माला हो, अहिले यो मालालाई चुँडाल्ने प्रयास भइरहेको छ ।’ काँग्रेसको लडाइँ लोकतन्त्रका लागि भएकाले लोकतन्त्र संस्थागत नभएसम्म काँग्रेस लडिरहने उहाँको भनाइ थियो । कार्यक्रममा सभासद रामेश्वर प्रसाद ढुङ्गेल, मध्यपुरठिमि नगरपालिकाका कार्यकारी अधिकृत मित्रमणि पोखरेल, नेका मध्यपुरठिमि नगरसमितिका संयोजक अष्टकुमार कवें, मध्यपुर एसोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहलगायतले सरकारले  खेल क्षेत्रको विकासबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?