बन्द भइसकेको मुटु पनि फेरि प्रत्यरोपण गर्न सकिने प्रविधिको अष्ट्रेलियामा विकास, टोलीमा नेपाली चिकित्सक पनि
चिकित्साको क्षेत्रमा नयाँ फड्को, टोलीमा नेपाली चिकित्सक पनि
पहिलो पटक अष्ट्रेलियन चिकित्सकहरुले धड्किन बन्द भइसकेको मुटुलाई अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने सफलता पाएका छन् । यो सफलतालाई चिकित्सा विज्ञानको क्षेत्रमै नयाँ फड्को भन्ने दाबी उनीहरुले गरेका छन् ।
भिक्टर चांग ईन्ष्टिच्युटका कार्यकारी निर्देशक प्रोफेसर बब ग्राहमका अनुसार यस नयाँ प्रविधिले थप २० देखि ३० प्रतिशत मानिसहरुको जिन्दगी बचाउन सक्नेछ जसको मुटुमा खराबी छ । सिड्नीको सेन्ट भिन्सेन्ट अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएको छ । जहाँ २० मिनेटभन्दा बढी धड्कन बन्द भएको मुटुलाई सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो र यो पुनः चल्न सुरु गरेको छ । यही अस्पतालमा अनुसन्धानकर्ताहरुले विकसित गरेको एउटा विशेष यन्त्रमा मुटुलाई झिक्ने बित्तिकै राखिएको थियो भने मुटुमा विशेष प्रकारको घोलयुक्त औषधि पठाइएको थियो । यस अनुसन्धानका निम्ति १२ वर्ष लागेको थियो भने अन्ततः सफलता प्राप्त भएपछि चिकित्सकहरु निकै खुशी देखिएका छन् । प्रोफेसर ग्राहमले अष्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेशनसँग गर्नुभएको कुराकानीमा उहाँले भन्नुभयो, अहिलेसम्म विश्वमा अंग दान गरेका व्यक्तिहरुको मुटु त्यतिबेला निकालिन्छ जतिबेला मस्तिष्क चल्न छोडेको हुन्छ तर मुटुभने धड्किरहेकै हुन्छ । तर, यो नयाँ प्रविधिले गर्दा धेरैभन्दा धेरै मुटुको प्रत्यारोपण गर्न सकिनेछ । धेरै देशहरुमा अहिले पनि मुटु चल्न छोडेपछि मात्रै मृत्यु भएको मानिन्छ । यी देशमा मुटुको प्रत्यारोपण असम्भव कार्य हुने गरेको थियो । यस प्रविधि अन्तर्गत विकास गरिएको यन्त्रले शरीरबाट निकालिएको मुटुलाई अक्सिजन र रगत दिनेछ । जसका कारण यसको भित्री भागमा क्षति पुग्ने छैन । चिकित्सकहरुले दुई जना व्यक्तिमा सफलतापूर्वक यस प्रविधिबाट मुटु प्रत्यारोपण गर्ने सफलता पाएका छन् जुन सफल पनि भएको छ । यी प्रत्यारोपित मुटुमा गरिएको परीक्षणबाट मुटुको भित्री भागमा कुनै क्षति नपुगेको पाइएको छ । यसरी प्रत्यारोपण गरिएकामध्ये एक महिला हुन् भने अर्को एक पुरुष हुने पुरुषको नाम जन डमिन र महिलाको नाम मिसेल ग्रिविलास हो । उनी ५७ वर्षकी भईन् । यी महिलाको तीन महिना पहिले मुटु प्रत्यारोपण गरिएको थियो । यस सम्र्प प्रत्यारोपणको क्रियाकलापमा नेपाली चिकित्सक डा। कुमुद धिताल सहितको टोली सहभागी थियो। यसलाई नेपाली चिकित्सकको सफलताको रुपमा पनि यहाँ हेर्न थालिएको छ। मुटु प्रत्यारोपण अघि राख्न विकास गरिएको नयाँ यन्त्र तस्वीरमा