कँगारु भ्यालीमा अर्को एक नेपाली युवाको पानीमा डुबेर मृत्यु, शव ४ घण्टापछि निकालियो


अष्ट्रेलियामा अर्को एक नेपाली युवाको पानीमा डुबेर निधन भएको छ । क्रिसमस डेको दिन मात्र एक नेपाली विद्यार्थीलाई गुमाएको नेपाली समूदायले फेरि अर्को एक सदस्य गुमाएको छ । साथीहरूसँग कंगारु भ्यालीमा बिदा मनाउन गएका सुजन शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृतक शर्माका भिनाजु रबिन सुबेदीका अनुसार कायकिङ् सकेर पौडी खेल्न गएका शर्मा भुमरीमा परेका थिए । उनी पौडिने असजिलो भयो भन्दै लाईफ ज्याकेट खोलेर पौडी खेल्दै थिए । उनी भूमरीमा बेपत्ता भएपछि तुरून्त ईमरजेन्सी नम्मरमा फोन गरेर एम्बुलेन्स र प्रहरी टोलीले खोजी गर्दा पनि भेट्टाउन नसकेपछि सिड्नीबाट स्कुबा डाइभिङको बिशेष टोली नै आउनुपरेको थियो । यो टोलील्े ४ घण्टा खोजेपछि मात्र उनको शव बाहिर निकाल्न सफल भएको थियो । हाल मृतकको शवलाई सोलहेभन हस्पिटल कंगारु भ्यालीमा राखिएको छ।
नेपालमा काठमाण्डौ,बौद्ध घर भएका शर्मा सन २०१३ अगस्टमा बिध्धार्थी भिजामा अष्ट्रेलिया आएका थिए । उनले केही समय अघि पढाई सकेर पिआरको लागि निबेदन हाल्ने प्रकृयामा रहेका थिए । उनी श्रीमतीका साथ बेलमोरमा बस्दै आएका थिए । अहिले श्रीमती सुस्मा मगर शर्मा अचेत अबस्थामा रहेको शर्माका भिनाजु रबिन सुबेदीले बताए । परिबारमा २ छोरी र उनी १ छोरा गरि ३ जना रहेको र बुबा आमा हाल काठमाण्डौमा नै रहेको बताइएको छ । परिवारले शवलाई नेपाल नै पठाउन आग्रह गरेका कारण त्यसका निम्ति तयारी भइरहेको छ ।
शवलाई नेपाल पठाउनका लागि नेपाली समूदायसँग सहयोग संकलन गर्न लागिएको सुबेदीले बताए । उनले सम्पूर्ण अष्ट्रेलियाबासी नेपालीलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् ।
यसअघि आईतबार मात्रै सिड्नी बस्दै आएका अर्को नेपाली युबा सुजन अधिकारीको पानीमै डुबेर निधन भएको थियो ।
बैंक बिबरण मृतकको श्रीमतीको नाममा रहेको छ।
Bank Details:-
A/cName:- Sushma Magar
BSB No :- 062133
A/c No :-11224342

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?