हुन्डीको कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ


हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चिनियाँ झाव युलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट रु ८४ लाखसहित उनलाई पक्राउ गरेको हो ।

उनका साथमा राजीव गौतमका नाममा रहेको एनसिसी बैंकको रकम रु ११ लाख ७६ हजारको चेकसमेत प्रहरीले बरामद भएको छ । गौतमसमेत पक्राउ परेका छन् । ठमेल इलाकामा रहेका होटलमा अवैध मुद्राको कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी परिसर, काठमाडौँका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । सो रकम हुन्डी कारोबारका लागि प्रयोग भएको आशङ्कामा प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?