सिड्नीमा एक्सपर्ट एजुकेशन एण्ड करिअर मेला २०१७ जनवरी २४ तारिखमा हुने
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आगामी जनवरी २४ तारिखका दिन एक्सपर्ट एजुकेशन एण्ड करिअर मेला २०१७ आयोजना गर्ने भएको छ । सिड्नीस्थित एक्सपर्टको प्रधान कार्यालयमा आयोजना गरिने मेलामा १० भन्दा बढी युनिभर्सिटीहरुको सहभागिता रहनेछ । यो जानकारी बिहीबार सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गराइएको हो । कार्यक्रममा बोल्दै संस्थाका निर्देशक सञ्जीव शर्माले मेलामा निःशुल्क प्रेफेसनल इयर पढाई, नाटी परीक्षाको जानकारी, पिटिई र आईएलटीएस परीक्षाको बारेमा जानकारी, ईन्टर्नशिप र करिअर काउन्सिलिंगका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट परामर्श दिने व्यवस्था गरिएको जानकारी दिनुभएको थियो । पत्रकार सम्मेलनमा केओआई, टेफ वेष्टर्न सिड्नी ईन्ष्टिच्युट, चाल्र्स ईस्टुवार्ड विश्वविद्यालय, होम्स लगायतका प्रतिनिधिहरुले विद्यार्थीलाई सहायता गर्नेछन् । पत्रकार सम्मेलनमा सहभागी भएका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुले नेपाली विद्यार्थीहरुलाई विभिन्न विद्यालय र विषय तथा अवसरहरुको जानकारीका लागि मेला महत्वपूर्ण हुने आशा व्यक्त गरेका थिए । उनीहरुले अघिल्लो वर्ष आयोजना गरिएको मेलाबाट धेरै विद्यार्थी लाभान्वित भएको भन्दै यस वर्ष अझ बृहद हुने अपेक्षा गरिएको बताएका थिए । एक्सपर्ट एजुकेशनको नेपालमा ६ वटा शाखा छन् भने भारत र बंगलादेशमा पनि नयाँ शाखा खोल्ने तयारी छ । अष्ट्रेलियाको सबैभन्दा बढी विद्यार्थीलाई परामर्श सेवा दिने संस्थाको रुपमा परिचय बनाएको एक्सपर्ट एजुकेशनको विभिन्न शहरमा शाखाहरु रहेका छन् । २४ जनवरीका दिन मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म सिड्नीको क्लिरेन्स स्ट्रीटमा रहेको प्रधान कार्यालयमा मेला सञ्चालन हुनेछ । यसका साथै कार्यक्रमा सहभागीमध्येबाट केहीलाई उपहार दिने योजना पनि एक्स्पर्टको छ ।