ब्रीसबेनमा एक अफ्रिकी युवती चिकित्सकको निगरानीमा, ईबोलाको आशंका
पश्चिम अफ्रिकाबाट ब्रिसवेन आइपुगेकी एक युवतीलाई ज्वरो आउन थालेपछि ब्रिसबेनमा उनलाई ईबोला भएको हो कि होइन भनी परीक्षण सुरु गरिएको छ । १८ वर्षीय यी युवती एघार दिनअघि आइपुगेकी थिइन् । उनमा ईबोला लागेको शंका लागेपछि अहिले सबैबाट छुट्याएर अलग्गै राखिएको छ । उनको दोस्रो परीक्षण तीन दिनपछि गरिनेछ । उनीसँगै उनका परिवारका ९ जना सदस्यहरु पनि आएका थिए । तर, उनलाई मात्रै ज्वरो आएपछि अलग गरेर निगरानीमा राखिएको हो । बाँकी परिवारका सदस्यहरुलाई पनि घरमा नै राखेर निगरानी गरिएको छ । तर, कुनै संकेत भने फेला परेको छैन । चिकित्सकहरुले यसले समाजमा कुनै चुनौती खडा नगरेको बताएका छन् ।