सप्तरी घटनापछि मधेशी मोर्चा आन्दोलित, सरकारको समर्थन फिर्ता लिने तयारी
मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज साँझ काठमाडोंमा बसेको बैठकले आन्दोलनका विषयमा निर्णय लिएपनि समर्थन फिर्ताबारे भने बोलेको छैन। तर, मंगलबार नै यस विषयमा निर्णय गरी सभामुखमार्फत जानकारी गराउने तयारी मोर्चाले गरेको बताइएको छ । सप्तरीको राजविराजमा भएको झडपमा ३ जनाको मृत्यु भएपछि सोमबार साँझ काठमाडौंमा बसेको मोर्चाको आकस्मिक बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनिष सुनमले जानकारी दिए । समर्थन फिर्ता लिनेबारेको जानकारी मोर्चाले बुधबार लिखितै रुपमा संसद सचिवालयलाई पत्र पठाउने छ । यस्तै मोर्चाले घटनाको विरोधमा मंगलबार र बुधबार मधेस बन्दको घोषणा समेत गरेको छ । मोर्चाको विज्ञप्ति यस्तो छ ।