बाईस दलीय मोर्चाले धमाधम विरोध सभा गर्दै, संविधान निर्माणका निम्ति दबाब दिने


?????????????????????????????बाइस दलीय मोर्चाले पाँचथरको फिदिममा आगामी कात्तिक १८ गते आमसभा गर्ने भएको छ । फिदिममा पत्रकार सम्मेलन गरी आमसभा गर्ने तयारी गरेको मोर्चाले जानकारी गराएको हो ।  सभालाई नेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव, सद्भावना पार्टी अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतले सम्बोधन गर्नेछन् । पहिचान र अधिकारसहितको सङ्घीय संविधान निर्माणका लागि दवाव दिने भन्दै आमसभा गर्न लागेको मोर्चाले जनाएको छ । मोर्चाले पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुम जिल्लाबाट गरी झन्डै २० हजार कार्यकर्ता सभामा उतार्ने तयारी गरेको छ । कार्यक्रम सफल पार्न विभिन्न आठ वटा उपसमितिसमेत गठन गरेको छ । कार्यक्रममा बोल्दै सङ्घीय लिम्बूवान पार्टीका महासचिव खगेन्द्र माखिमले यो आमसभा साङ्केतिक स्वरुप मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो,– “यदि सरकारमा रहेका प्रमुख दल काँग्रेस र एमालेले अब पनि अनेक बहानामा पहिचान र अधिकारसहितको सङ्घीय संविधान निर्माणमा नजुटे आफूहरू जस्तोसुकै मूल्य चुकाउन पनि तयार छौँ ।” मोर्चाले आगामी २३ गते जनकपुरमा र २८ गते धनगढीमा पनि आमसभा गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?