लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै, ३० मुलकुका ४ सय भन्दा बढी भिक्षु सहभागी बन्ने


lumbiniभगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा यही कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । नेपाल थेरवाद बुद्धिस्ट एकेडेमी र म्यान्माको सितगु इन्टरनेसनल बुद्धिस्ट एकेडेमीको संयुक्त आयोजनामा बौद्ध संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्यले सम्मेलन हुन लागेको हो । सम्मेलन मूल आयोजक समितिका सचिव भिक्षु निग्रोधले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विश्वका ३० मुलुकका चार सयभन्दा बढी बौद्ध भिक्षु तथा विद्वान्को सम्मेलनमा सहभागिता रहने जानकारी दिनुभयो । विश्वभरिका बौद्ध सम्पदाको गहन अध्ययन तथा बौद्धधर्ममा रुचि राख्ने व्यक्तिलाई उत्प्ररित गर्ने सम्मेलनको अर्को उद्देश्य रहेको भिक्षु निग्रोधले बताउनुभयो । पूर्वमन्त्री डा केशवमान शाक्यले लुम्बिनीमा हुने उक्त सम्मेलनबाट गौतमबुद्धको जन्मस्थलप्रति विश्वको ध्यान आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?