जातीय पहिचान र अधिकार सुनिश्चित गराउन आन्दोलनको घोषणा, नेता भए पद्मरत्न तुलाधर


padmaआदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले जातीय पहिचान एवम् हक अधिकार सुनिश्चित गराउन आन्दोलनको घोषणा गरेको राजधानीमा आयोजित घोषणा सभामा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालका प्रवक्ता प्रा.डा. ओम गुरुङ्गले आन्दोलनको घोषणापत्र सार्वजनिक गर्नुभएको हो उहाँले नेपालका आदिवासी जनजातिहरु सदियौंदेखि राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, भाषिक, प्रशासनिक, कूटनीतिक, धार्मिक लगायतका क्षेत्रमा उत्पीडन, शोषण, दमन, थिचोमिचो , अन्याय, अत्याचार, विभेद बहिष्करणमा पर्दै आएका कारण उनीहरुको अधिकार स्थापित गर्न  आन्दोलनको विकल्प नभएको  बताउनुभयो आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्यरत्न तुलाधरले जातीय पहिचान एवं  हकअधिकारहरु सुनिश्चित भएको संविधान निर्माणका लागि भिन्न दर्शन, विचार, आस्था, राजनीतिमा विविधता भए पनि सामुहिक लक्ष्य प्राप्तिका लागि सबैको एकतावद्ध सहयोग आवश्यक हुने बताउनुभयो आन्दोलनले सार्वभौमिकता राष्ट्रिय स्वाधिनताको रक्षा, एकल जातीय पहिचानसहितको संघीय संविधान, गणतन्त्र, लोकतन्त्र धर्मनिरपेक्षता, आत्म निर्णयको अधिकार, अग्राधिकार, जातीय स्वशासन स्वायत्ततासहितको प्रद्ेश(संघीय एकाइ) विशेष संरचनाहरुको सुनिश्चितता, पूर्ण समानुपातिक समावेशी निर्वाचन, राज्यका सबै अङ्ग तहहरुमा  समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चिततालाई आफ्नो प्रतिवद्धता लक्ष्यका रुपमा लिएको कार्यक्रममा एनेकपा माओवादीका सचिव वर्षमान पूनले समाजका पीछडिएका वर्ग समूदायका हक अधिकारलाई सुनिश्चित गर्नु आवश्यक भएको बताउनुभयो नेकपामाओवादीका सचिव  देव गुरुङ्गले प्रत्येक आदिवासी जनजातिलाई आफ्नो पहिचानको अधिकार हुनुपर्छ भन्नु भयो वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ्गले अल्पसंख्यक आदिवासी जनजातिका पहिचानको मागलाई आगामी संविधानमा सुनिश्चित गरिनुपर्ने बताउनुभयो नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष डण्डु सेर्पाले नेपालमा चरणवद्ध रुपमा विभिन्न ऐतिहासिक आन्दोलनहरु भएपनि आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित हुन नसकेको धारणा राख्नु भयो कार्यक्रममा आदिवासी जनजाति सम्बद्ध विभिन्न सङ्घ संस्थाहरुका तर्फबाट आन्दोलनप्रति प्रतिवद्धता जनाइएको थियो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?