सत्तापक्षले ल्याएको अवधारणा अमान्य रहेको उपेन्द्र यादवको भनाई, अन्तरिम संविधान र सहमति विपरितको मस्यौदा अस्वीकार गरिने


upendra yadavमधेसी जनअधिकार फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस, नेकपा(एमाले) र राप्रपाले ल्याएको छ वा सात प्रदेशकोे अवधारणा सङ्घीयता र लोकतन्त्रको विरुद्धमा रहेको आरोप लगाउनुभएको छ । उहाँले सम्पूर्ण आन्दोलनको उपलब्धिलाई समाप्त र सहमतिलाई लत्याउँदै काँग्रेस, एमाले र राप्रपाले प्रान्तको अवधारणा अघि सारेको धारणा राख्नु भयोे । मधेसी पत्रकार समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले तीन दलले ल्याएको अवधारणा अन्तरिम संविधान र सहमति विपरीत रहेको बताउनुभयो । सबै शक्तिको सहमतिबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र सबैलाई सम्बोधन गर्ने गरी पहिलो संविधानसभामा प्रस्तुत भएका प्रतिवेदन एवम् सम्झौताको आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने धारणा अध्यक्ष यादवले राख्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?