बराक ओबामा चीन भ्रमणमा जाँदै, एपीईसीको बैठकमा भाग लिन नोभेम्बर १० देखि १२ तारिखसम्म चीनमा रहने


obamaअमेरिकी राष्ट्रपति बाराक ओबामा चीन भ्रमणमा जान लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयले सोमबार जानकारी दिएको  छ । उहाँ २२ औँैै एसिया प्रशान्तक्षेत्र आर्थिक सहयोग समूह (एपीईसी) को बैठकमा भाग लिने  सिलसीलामा चीनको भ्रमणमा जान लाग्नु भएको  बताइएको छ । एपीईसी नोभेम्बर १० देखि १२ तारिखसम्म जारी रहने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता किन गाङ्गले सोमबार घोषणा गर्नुभएको हो । ओबामालाई चीन भ्रमणको लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले निमन्त्रणा गर्नु भएको पनि किनले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । किनकाअनुसार ती दुई नेताबीच दुई देशको द्वीपक्षीय हितका कुराकानीलगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूको विषयमा वार्ता हुनेछ । राष्ट्रपति सिले एपीईसीको अध्यक्षता गर्नु हुने जनाइएको छ । त्यसैगरी उहाँले एपीईसीमा सहभागिता जनाउन आउनु भएका विश्वका आर्थिक नेताहरुसँग भेटवार्ता गर्नुहुने पनि जानकारी दिइएको  छ  ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?