एनआरएन अष्ट्रेलियाले दियो धन्यवाद नेपाल फेष्टिभलमा सहभागिताको निम्ति
एनआरएन अष्ट्रेलिया स्टेट काउन्सिल भिक्टोरियाको आयोजनामा भएको नेपाल महोत्सव २०१४ सफलतापूर्वक सम्पन्न भएपछि संस्थाले मेलामा सहभागी भएका सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । मेला संयोजन समिति र एनआरएन अष्ट्रेलिया भिक्टोरिया स्टेट कमिटीको तर्फबाट दिइएको धन्यवादमा प्रायोजनकहरु, नेपाल र अष्ट्रेलियाबाट सहभागी भएका सरकारी अधिकारीहरु, कलाकार, स्वयंसेवकहरु, विभिन्न समूदायका संघ संस्था, क्लबहरु, विभिन्न राज्यबाट मेलबर्न पुगेका अतिथिका साथै मिडियाकर्मीहरुलाई पनि धन्यवाद दिइएको छ । सबैको एकताबद्ध सहभागिताले नै मेला सफल बन्न सकेको र आगामी दिनमा पनि यस्तै एकता कायम हुने विश्वास समेत एनआरएन अष्ट्रेलियाले लिएको छ ।