मिलन लामा, सविन राई र दिव्य सुब्बाले तताए स्टेट स्क्वायरको स्टेज, स्थानीय कलाकार पनि के कम, दिए बेजोड प्रस्तुति (फोटो फिचर)
नेपाल महोत्सव मेलबर्न २०१४ सकिइसकेको छ । महोत्सवको क्रममा दिनभरिजसो नै विविधखाले प्रस्तुति भए । विहान १२ बजेबाट बेलुका ११ बजेसम्म चलेको सांस्कृतिक कार्यक्रम, म्युजिक कन्सर्टमा पहिलो पटक मिलन लामाले लोकगीतका भाकाहरु प्रस्तुत गर्दै पूरै दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए । यस्तै कार्यक्रमको आकर्षणको रुपमा सबैभन्दा पछि प्रस्तुति दिएका गायक सविन राईले गीत प्रस्तुत गर्दा नेपाली युवा युवती संगीतको तालमा पूरै झुमेका थिए । यसअघि दिव्य सुब्बाले आफ्नो प्रस्तुतिको सुरुवात नमस्ते नमस्ते नामक गीतबाट गरे र अन्य रक गीतहरुबाट दर्शकलाई मनोरञ्जन दिलाएका थिए । उनी नेपाली नेपालीबीचको एकताबाट मन्त्रमुग्ध भएको बताइरहेका थिए र अन्य बेलामा पनि यस्तै एकता देख्न पाइयोस् भनिरहेका थिए । सुब्बा यतिबेला मेलबर्नमा नै बस्दछन् । यसैगरी मेलबर्नका स्थानीय कलाकारले पनि तीजको गीत, नेपाली चलचित्रको अहिलेसम्मको यात्रा झल्काउने गीत र विभिन्न अन्य समूदायलाई समेत समेट्ने गरी हिन्दी, अंग्रेजी लगायतका गीतमा दिएको मिक्स ईन्टरनेन्मेन्ट प्रस्तुति निकै जमेको थियो । देउसी र भैलो गीतले पनि धेरैलाई आकर्षित गरेको थियो । सानासाना बालबालिकाहरुले नेपाली गीतमा आपूmलाई स्टेजमा प्रस्तुत गरेका थिए । मेलबर्न उत्कृष्ट नेपाली स्थानीय कलाकारहरुको उपस्थिति रहेको शहरका रुपमा आपूmलाई दर्ज गराउन सफल भएको छ यस पटकको नेपाल महोत्सवपछि ।