दुबई प्रहरीमार्फत पक्राउ परेका सुन तस्करीका मुख्य आरोपीलाई नेपाल ल्याइयो,आजै अदालतमा मुद्दा पेश


नेपाल प्रहरीले ३३ किलो ७४४ ग्राम सुन तस्करीका मुख्य आरोपी राजनप्रसाद पन्तलाई नेपाल ल्याएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले गत पुसमा सुन तस्करीका मुख्य आरोपी पन्तलाई यूनाइटेड अरब इमिरेटस्को दुबई प्रहरीमार्फत पक्राउ गरी नेपाल ल्याएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत पुसमा त्रिभुवन विमानस्थलबाट उक्त परिमाणको सुन ल्याउँदै गर्दा १२ जनालाई पक्राउ गरेको थियो । पन्त त्यतिवेलादेखि नै फरार रहेका थिए ।   सिआइबीले तत्काल पक्राउ गरेका १२ जनामध्येका मुख्य आरोपी गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले हाल थुनामा रहेका छन् । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले आरोपी पन्तलाई पहिला नै मुद्दा चलाइसकिएको भए पनि इन्टरपोलले उनलाई दुबईबाट झिकाएर सिआइबीलाई जिम्मा लगाएकाले आजै अदालतमा मुद्दा पेश गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?