नेटोका नवनियुक्त महासचिव जेन्स स्टोल्टेनवर्ग काबुलमा, आगामी महिना संयुक्त गठबन्धन फिर्ता हुने
नेटोका नवनियुक्त महासचिव जेन्स स्टोल्टेनबर्ग बिहीबार अफगानिस्तानको राजधानी काबुल पुग्नुभएको समाचार छ । गत १३ वर्षदेखि तालिवान आतङ्कारी समूहसँग युद्धरत नेटोसँग आबद्ध संयुक्त गठबन्धनको सेनाको आगामी महिना अन्त्य हुँदै छ, सोही विषयमा अफगान राष्ट्रपति असरफ घानीसँग वार्ता गर्नको उहाँ काबुल पुग्नुभएको बताइएको छ । नर्वेको पूर्व प्रधानमन्त्री समेत रहनुभएका स्टोल्टेनबर्ग गत महिना नेटोको महासचिव पदमा नियुक्त हुनु भएयता पहिलो पटक अफगानिस्तान भ्रमण गर्न लाग्नुभएको जनाइएको छ । नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोगबल (आइएसएएफ)यस वर्षको अन्त्यबाट अन्त्यमा फर्किने नेटो आबद्ध सबै देशहरूले यसअघिनै निर्णय गरिसकेका थिए । सन् २०१० सम्म एक लाख ३० हजार नेटोसँग आबद्ध आइएसएएफका सैनिक अफगानिस्तानमा रहेकामा हाल सो सङ्ख्या ३४ हजारमा झरेर छ । तर करिब १२ हजार ५०० सैनिक सन् २०१५ मा पनि अफगानिस्तानमा नै बाँकी रहने अमेरिका र अफगानिस्तानबीच द्वीपक्षीय सुरक्षा सम्भौतामा हस्ताक्षर भएको छ । तीमध्ये पनि प्रायः अमेरिकी सैनिक नै रहने जनाइएको छ । ती सैनिकहरूले अफगान सैनिक र प्रहरीलाई तालिवान आक्रमणको विरुद्ध लड्ने तालिम दिने बताइएको छ । नेटो महासचिवले जेन्सले राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अधिकृत अब्दुल्लाह अब्दुल्लाहसँग भेटवार्ता गर्नुहुने बताइएको छ । सो वार्तामा सन् २०१५ मा पनि ‘दृढनिश्चत समर्थन मिसन’ को विषय पनि समावेश हुने जनाइएको छ । त्यसैगरी उहाँले नेटो आबद्ध साथीहरूलाई भेटघाट गरी १३ वर्षसम्म तालिवान विरुद्ध लडाइँमा आइएसएएफले गरेको योगदानको लागि धन्यवाद दिनुहुने बताइएको छ ।