स्काईडाईभको नयाँ अध्याय, सबैभन्दा अग्लो स्थानबाट जमिनमा हाम्फाल्न सोलुखुम्बु पुगे पर्यटक


2012-everest-skydive-23विश्वकै अग्लो स्थानबाट खेलिने अनि खतरापूर्ण मानिने खेल ‘एभरेष्ट स्काई ड्राइभ’ सुरु भएको छ । सोलुखुम्बुको स्याङ्बोचेस्थित (स्याङ्बोचे विमानस्थल) मा अवतरण गराइने सो खतरनाक खेलमा स्काई ड्राइभमा विश्व च्याम्पियन बनेका स्कटल्यान्डका नागरिक टेड अत्किन्सको नेतृत्वमा १० जनाको टोली रहेको छ । टोली बुधबार नै नाम्चे आएको थियो ।  सबै विदेशी नागरिक रहेको सो खेल दुई दिनसम्म चल्नेछ । हेलिकप्टरमा १२ हजार ३४० फिट उचाइमा पुगी हाम फालेर स्याङ्बोचे विमानस्थलमा ओर्लने अत्किन्सले बताउनुभयो । यो खेल असाधारण जोस र असीमित रोमाञ्चका रूपमा खेल्ने गरिन्छ  । यस खेलको सुरुवात नेपालमा सन् २००८ देखि भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?