मिस वल्र्डको ताज भारतकी सुन्दरी मानुषीलाई, नेपाली छोरी निकिता चण्डक टप ४० मा मात्र


यस वर्षको मिस वल्र्डको ताज भारतकी सुन्दरी मानुषी सिल्लरले जितेकी छिन् । उनले विश्वभरिका सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै यो जीत हासिल गरिन् । अन्तिम स्पर्धामा उभिएका पाँच प्रतिस्पर्धीलाई अगाडि राखेर उनले विश्वमा सबैभन्दा बढी तलब कसको हुनुपर्छ भन्ने प्रश्नको जवाफमा आमालाई धेरै सम्मान गर्नुपर्छ । उनीहरुको मेहनतलाई पैसामा जोख्न त नसकिएला तर यदि तलब नै दिने हो भने उनीहरुलाई नै सबैभन्दा बढी दिनुपर्छ भनेर दिएको उत्तरमा निर्णायकहरुले चित्त बुझाएका थिए । मिस वल्र्डको ताज भारतले जितसँग्ै दोश्रो मिस ईंगल्याण्ड स्टेफनी हिल्स भइन् भने तेश्रोमा मेक्सीकोकी सुन्दरी एन्डेरिया मेजा भइन् ।
नेपाल टप ४० मा
नेपालमा फेसबुक र सामाजिक सञ्जाल प्रयोगकर्ता निकै नै उत्साह िबनेका थिए । यस पटक पक्कै पनि मिस वल्र्डमा केही न केही उपाधि आउँछ भनेर । तर, यो सपना यस पटक पनि साकार हुन सकेन । चीनको सान्यामा शनिबार भएको मिस वर्ल्डको फिनालेमा मिस नेपाल नीकिता चाण्डक टप ४० सम्ममात्रै पुग्न सफल भइन्। यो स्थान उनले आफ्नो समूहको हेड टु हेड च्यालेन्ज जितेर पाएकी थिइन्। मल्टिमिडिया च्यालेन्जको विजेता मिस मंगोलिया भइन्। त्यसैगरी ब्युटी विद् अ पर्पोजमा पनि छाउपडी प्रथाविरोधी नीकिताको अभियान टप फाइभमा पर्न सकेन। टप फाइभमा दक्षिण अफ्रिका, भियतनाम, भारत, इन्डोनेसिया र फिलिपिन्सका सुन्दरीको अभियान पर्‍यो। यस पटक पाँचै जनालाई विजयी घोषणा गरियो। मिस नेपाल डान्सेज अफ दि वर्ल्डमा भने नेपाली पहिरनमा नाच्दै देखा परिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?