भारतमा मन्त्रीमण्डलको विस्तार, २२ जना नयाँ मन्त्रीहरुको सपथग्रहण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डल आइतबार बिस्तार गर्नु भएको छ । विस्तार गरिएको उक्त मन्त्रिमण्डलमा मोदीले नयाँ प्रतिरक्षा मन्त्रीको नियुक्त गर्नु भएको जनाइएको छ । प्रतिरक्षा मन्त्रीमा मनोहर पार्रिकर नियुक्त हुनु भएको छ । पार्रिकरको नियुक्तिबाट एकभन्दा बढी विभाग सम्हाल्दै आउनु भएका आर्थिक तथा रक्षामन्त्री अरुण जेट्लीमाथिको भार कम भएको बताइएको छ । मोदीले ४५ जनाको मन्त्रिमण्डल सदस्यसहित गत मे २६ मा प्रधान मन्त्रीपदको सपथग्रहण गर्नुभएको थियो । मोदीले विस्तार गर्नु भएको करिब २२ जना मन्त्रीहरुले मध्याह्नमा सपथग्रहण गर्नु भएको छ ।