जनसम्पर्क समितिले २८ डिसेम्बरमा क्यानबेरामा चियापान र बार्बिक्यू गर्दै


नेपाली काँग्रेस निकट प्रवासी संगठन जनसम्पर्क समिति क्यानबेराले आगामी डिसेम्बर २८ तारिखका दिन क्रिसमस, नयाँ वर्ष शुभकामना आदानप्रदान चियापान तथा बार्बिक्यू आयोजना गर्ने भएको छ । सोही शुभकामना आदान प्रदान कार्यक्रममा जनसम्पर्क समिति क्यानबेराको औपचारिक उद्घाटन समेत गरिने भएको छ । एमएनटीभीलाई समितिको तर्फबाट अशोक सुवेदीले जानकारी दिँदै प्रजातान्त्रिक पद्धतिमा विश्वास राखी सामाजिक मेलमिलापको लागि सम्पूर्ण प्रजातान्त्रिक साथीहरुलाई एकताबद्ध गर्न जनसम्पर्क समिति क्यानबेरा निर्माण गरिएको बताए । उनले भने, हामी सक्छौं तर मिलेर भन्ने मूल नारालाई आत्मसाथ गरेको यो संस्थाको चियापान तथा शुभकामना कार्यक्रममा उपस्थित हुनका लागि हामीले क्यानबेरामा रहनुहुने महानुभावहरु र अन्य राज्यबाट समेत अतिथि बोलाएका छौं । सुवेदीका अनुसार चियपान कार्यक्रम ह्युगेज कम्युनिटी हलमा दिउँसो १ बजेदेखि हुने छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?