तेह्रौ न्याभ कप क्रिकेट यो आईतबारबाट, ९ टिम सहभागी हुँदै


अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बस्ने नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको वार्षिक खेलकुद कार्यक्रम न्याभ कप क्रिकेट प्रतियोगिताको तेह्रौं संस्करण आईतबारबाट सुरु हुने भएको छ । भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनसँगको सहकार्यमा हुन लागेको प्रतियोगितामा ९ टिम सहभागी हुने तय भएको छ । जसमा दि हिमालयन क्लब ए, दि हिमालयन क्लब बी, नारे किंग्स क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब ए, सगरमाथा क्रिकेट क्लब बी, सगरमाथा क्रिकेट क्लब सी, गोर्खाली क्रिकेट क्लब, रोयल राईनोज क्रिकेट क्लब र ईस्टर्न ब्लूज क्रिकेट क्लब रहेको प्रतियोगिताका संयोजक एवं न्याभका उपाध्यक्ष तारा गैरेले जानकारी दिए । गैरेका अनुसार यस प्रतियोगिताको मुख्य प्रायोजन एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले गरेको छ । संयोजक गैरेका अनुसार विगत एक दशकभन्दा अघिदेखि नेपाली युवाहरुलाई खेलप्रति रुचि जगाउन र उनीहरुको वृीत्त विकासका लागि प्रतियोगिता निरन्तर सञ्चालित छ । सात जनवरी आईतबारदेखि हरेक आईतबार जेसी डोनाथ रिजर्भ, रिजर्भोयरमा खेलहरु हुनेछन् । विहान ९ बजेदेखि एक बजेसम्म खेल गर्ने तय भएको छ । न्याभले आगाम िअप्रिलमा दोश्रो मल्टिकल्चरल क्रिकेट पनि आयोजना गर्ने भएको छ । अप्रिल १४ देखि २१ सम्म हुने प्रतियोगिताको लागि भिक्टोरियन मल्टिकल्चरल कमिशनले सहयोग गर्नेछ । अन्त्यमा संयोजक गैरेले भने, “हामी प्रतियोगितामा धेरैभन्दा धेरै नेपाली दर्शकहरुको उपस्थितिको अपेक्षा गर्दछौं ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?