आर्सनलका प्रशिक्षकमाथि प्रतिबन्ध, ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना
इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरले खेल भावनाविपरीत व्यवहार गरेपछि उनीमाथि तीन खेलमा ‘टचलाइन प्रतिबन्ध’ लागेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गत आइतबार राति वेष्ट ब्रोसँगको खेलपछिउनले रेफ्रीको चेन्जिङ रुममा खेल भावना विपरित व्यवहार गरेका थिए। सो आरोपमा फुटबल एसोसिएशन (एफए) ले वेङ्गरमाथि तीन खेलमा टचलाई प्रतिबन्ध लगाएको हो। यसैगरी, उनले ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना पनि तिर्नुपर्ने भएको छ । वेङ्गरले रेफ्री माइक डिनलाई प्रयोग गरेको भाषा र व्यवहार अपमानजन र अनुपयुक्त रहेको स्वीकार गरेका छन्। रेफ्री डिनले ८९ औँ मिनेटमा वेष्ट ब्रोमलाई पेनाल्टी दिएपछि वेङ्गर आक्रोशित भएका थिए। खेलमा आर्सनल १–१ को बराबरीमा रोकिन बाध्य भएको थियो।