माघ ८ भित्र संविधान बनाउने पक्षमा एमाओवादी छःदाहाल
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा( एमाले)ले बहुमतीय आधारमा संविधान ल्याउन खोजे देशव्यापी आमहड्ताल गरिने चेतावनी दिनुभएको छ । एमाओवादी दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गदैँ उहाँले सबै वर्ग, लिङ्ग, भाषा, धर्म र जातीको पहिचानको बेवास्ता नगर्न कांग्रेस र एमालेलाई आग्रह गर्नुभयो । तोकिएको समय आगामी माघ ८ भित्र संविधान बनाउने पक्षमा आफ्नो दल रहेको बताउँदै उहाँले कांग्रेस एमालेले भौगोलिकतालाई मात्रै प्राथमिकता दिएको आरोप लगाउनुभयो ।