दिल्ली बम बिस्फोटका मुख्य अपराधी पक्राउ, नेपाली युवतीसँग बिहे गरेर बसेको खुलासा


भारतीय गुप्तचर एजेन्सीले भारतीय मुजाहिद्दिनका महत्वपूर्ण सदस्य ३२ वर्षीय मोहम्मद अरिज खानलाई पक्रेको छ । उनी सन् २००८ मा भारतको दिल्ली, जयपुर र अहेमदाबादमा भएको बम विष्फोटका प्रमुख आरोपी हुन् । सो विष्फोटमा १६५ जनाको ज्यान गएको थियो भने ५३५ जना घाइते भएका थिए । सो शृङ्खलाबद्ध बम विष्फोटमा दिल्लीमा मात्र ३० जना ज्यान गएको थियो ।

हमला लगतै पुलिसले गरेको खोजका क्रममा हमलाकारी लुकेको मानिएको ‘बाल्टा हाउस फ्ल्याट’मा पुलिस र शंकास्पद आरोपीहरु बीच गोलि हानहान भएको थियो । अरिज भने सो क्रममा उम्कन भ्याएका थिए । सो गोली हानहानमा भारतीय प्रहरीका इन्स्पेक्टर मोहन चन्द शर्मा मारिएका थिए । तर, अरिज भारतीय गुप्तचर संस्थाबाट उम्कन सकेनन् । अरिजलाई उनको सहकर्मी तकिर भनिने अव्दुल सुभान कुरेशीसँगै पक्राउ गरिएको थियो ।बम विशेषज्ञ समेत रहेका अरिजलाई हाल दिल्ली पुलिसको जिम्मा लगाइएको छ । फरार अरिजको नाम रेड–कर्नर नोटिसमा जारी गरिएको थियो र उनको टाउको मूल्य १५ लाख तोकिएको थियो । नेपाल, भारत र साउदी अरब आउजाउ गरेर उनले अनुसन्धान दातालाई एक दशकसम्म झुक्याइरहेका थिए । डिसेम्बर २०१६ मा गुप्तचर विश्लेषणहरुले अरिज र तरिकलाई दाम्मन साउदी अरबमा रहेको ठम्याएको थियो । त्यसपछि उनीहरु मार्च २०१७ मा नेपाल फर्किएको देखिएको थियो । त्यस यता यी दुई नेपालमा बसोबास गर्ने गरेको गुप्तचरको अनुसन्धानले देखाएको थियो । उनको हरेक ‘मुभ’लाई निगरानी गरिरहेको गुप्तचरले अरिजलाई नेपाल–भारत सिमाको बनबासामा पुग्ना साथ पक्रिएको थियो । उनको सहयोगी तरिकलाई भने जनवरीको शुरुमै पक्रिएको थियो । भारतीय प्रहरीले तेस्रो संकास्पद आरोपी पनि पक्राऊको निक्कै नजिक रहेको जनाएको छ ।प्रहरीलाई दिएको बयानमा अरिजले ‘बाल्टा हाउस इन्काउन्टर’ पछि आफू दिल्ली  उत्तर प्रदेश , राजस्थान र महाराष्ट्रका विभिन्न परिचित र आफन्तको घरमा आश्रयको लागि गएको बताए । तर सबैले प्रहरीको डरले उनलाई आश्रय दिन तयार नभएको उनले पुलिससँगको बयानमा भने । यस्तोमा उनलाई उनको अङ्कलले आफूसँग परिचयमा रहेका खुर्सिद आलमसँग भेटाए । उनैको सहयोगबाट अरिजको नेपालमा रहेका निजम खानसँग भेट भयो । त्यो समय वराणसीमा रहेका अरिज विहार हुदंै नेपाल प्रवेश गरे । नेपालमा शुरुमा उनी विराटनगरमा रहे । निजमले त्यहाँ उनलाई बासस्थान, पैसा र नेपाली नागरिकता दिलाउन सघाए । उनले मोहम्मद सलिमको नाममा नेपाली नागरिकता लिए । त्यसपछि उनी नेपालको पाल्पा , कपिलबस्तु र गोर्खा क्षेत्रमा रहन थाले । नेपाल बसाईको प्रारम्भमा उनले ढावा चलाएका थिए । पछि उनी साना स्कुलहरुमा पढाउन थाले । नेपालमा उनी निरन्तर सन् २०१४ सम्म रहे । त्यसपछि उनको भेट रियाज भटकलसँग भयो जसले उनलाई साउदी अरबमा आउन प्रोत्साहीत गरे । सेप्टेम्बर २०१४ मा उनी साउदी अरब पुगे । उनी साउदी अरब नेपाली पासपोर्टमा गएको दखिन्छ । त्यहाँ उनले इण्डियन मुजाहिद्दिनका समर्थकहरुसँग नियमित भेट्न थालेको गुप्तचरी सुचनाले देखाएको छ । पछिल्लो समय उनको भारतमा आउजाउ बढेको देखिएको भारतीय प्रहरीले जनाएको छ । यो सक्रियता सुशुप्त अवस्थामा रहेको इण्डियन मुजाहिद्दिनलाई पुनर्जिवित गर्ने प्रयासको रुपमा हेरिएको छ । नेपालको लामो बसाईको क्रममा उनले परिवार सुरु गरेको पनि देखिएको छ । उनले नेपाली हिन्दू युवतीसँग विवाह गरेका थिए । पछि सो युवतीले इस्लाम धर्म अङ्गालिन् । मुलिम धर्म अङ्गालेपछि उनको नाम सारा रहेको बताइएको छ । अधिकारीका अनुसार उनीहरुको विवाह चार वर्ष अघि भएको थियो । “उनकी श्रीमतिलाई उनको आतङ्कवादी हमलामा रहेको संलग्नता थाहा नभएको देखिएको छ । उसले श्रीमतिलाई आफू सानो समस्यामा फसेको तर छिट्टै त्यसलाई सल्ट्याउने भनेका थिए ।” अधिकारीले भने ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?