एकताबद्ध भए अष्ट्रेलियामा रहेका दंगालीहरु, ऋषि बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति
दाङ्ग जिल्ला घर भई हाल अस्ट्रेलिया मा बसोबास गर्दै आएका दंगालिहरुको साझा संगठन दाङ्ग अस्ट्रेलिया सम्पर्क मंचको बृहत भेला सम्पन्न भएको छ । भेलाले सञ्चारकर्मी ऋषिराज बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती गठन गरेको छ । त्यसैगरी मञ्चको प्रमुख सल्लाहकारमा हर्षराज गौतम, सञ्जीव कुमार शर्मा, प्रमोद बुढाथोकी, चुडामणी बेलबासेलाई निरन्तरता दिएको छ भने उपाध्यक्षमा सन्तोष शर्मा, सचिवमा आदर्श खत्री, सह सचिवमा विजय पण्डित, कोषाध्क्षमा प्रेम केसी, सह कोषाध्यक्षमा कुमार श्रेष्ठ, पब्लिक रिलेसन अफिसरमा राजु पन्थी अनि सदस्यहरुमा क्रमशः दिपेन्द्र चौधरी, अरुण भण्डारी, नारायण केसी, सञ्जय सुवेदी, साधना आचार्य, जनमत शाह, विष्णु शर्मा र विकास श्रेष्ठलाई सहमतिका साथ चयन गरेको छ । सिड्नीको आशफिल्ड पार्कमा बसेको वृहत् भेलाले अस्ट्रेलियामा बसोबास गर्दै आएका दंगालीहरुलाई जस्तोसुकै अप्ठेरोमा पनि आफुहरुले सक्दो सहयोग गर्ने, नेपालबाट भर्खरै आउन लागेका अथवा आईसकेका दंगालीहरुलाई काम, बसाई अनि यहांको नियमहरु बुझ्न सहयोग गर्ने र त्यसका लागी भर्खरै आएकाहरुलाई दाङ्ग अस्ट्रेलिया सम्पर्क मञ्चमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । त्यसैगरी भेलाले दाङ्ग अस्ट्रेलिया सम्पर्क मञ्चलाई अस्ट्रेलियाका अन्य राज्यहरुमा पनि क्षेत्रिय संयोजक तोकी विस्तार गर्ने निर्णय गरेको छ । भेलाले यसअघिको अन्तरिम कार्यसमितीले गरेका कार्यहरुको उच्च मूल्यांकन गरेको नवनिर्वाचिचत अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । यसअघि गत महिना दाङ्ग जिल्लामा गएको बाढीबाट घरवार विहिन भएका चार गाविसहरु फुलबारी, उरहरी, डुरुवा र गोलटाकुरी गाविसका परिवारलाई ६९ हजार पांच सयका दरले जम्मा २ लाख ७८ हजार रुपैंया सहयोग गरेको थियो ।