अष्ट्रेलियाका विभिन्न राज्यमा नेपाल महोत्सव गर्दै एनआरएन अष्ट्रेलिया, सुरुवात पर्थबाट !


एनआरएन अष्ट्रेलियाले विगतमा जस्तै यस कार्यकालमा पनि अष्ट्रेलियाका विभिन्न शहरहरुमा नेपाल महोत्सव आयोजना गर्ने भएको छ । नेपाल महोत्सवको सुरुवात आगामी ३१ मार्चमा पर्थबाट हुनेछ । यस लगत्तै अप्रिलको मध्यतिर डार्विनमा अर्को नेपाल महोत्सव आयोजना गरिनेछ । डार्विनमा पहिलो पटक नेपाल महोत्स्व आयोजना हुन लागेको हो । एनआरएन अष्ट्रेलियाका प्रवक्ता डीला खरेलले दिएको जानकारी अनुसार यस पटकको नेपाल फेष्टिभलको नारा One Country – Many Stories (एक देश – धेरैकथाहरु)

 तय भएको छ । मुख्यत प्रवासमा नेपाल र नेपाली कला, सस्कृति, भाषा, रितिरिवाज, खाना आदिको प्रदर्शन गर्ने, विदेशीहरुलाई नेपाली पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिई उनीहरुलाई नेपाल जान प्रोत्साहित गर्ने र नेपालमा लगानीका लागि अन्तरक्रिया आयोजना गरी यसलाई संगठित स्वरुप दिने प्रयास गर्नु नेपाल महोत्सवको उद्देश्य रहनेछ । यस पटकको एनआरएन टिमले २०१८ भित्र पर्थ, डार्विन, सिड्नी, मेलबर्न र ब्रिसबेनमा नेपाल फेष्टिभल गर्नेछन् भने सन् २०१९ मा क्यानबेरा, एडिलेडमा नेपाल महोत्सव आयोजना गर्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?