पुच्छ«ेतारामा अवतरण भएको रोबोट प्रयोगशालाले राम्रो काम गरिरहेको छ


Esa's Cheops space telescopeयुरोपको रोबोट प्रयोगशाला फिली पुच्छ«ेतारामा अवतरणभएपछि राम्रोसँग काम गरिरहेको र हाल त्यो निकै भिरालोमा रहेको जानकारी पृथ्वीमा नियन्त्रणकक्षमा रहेकाहरूले दिएका छन् । एकदिन अगाडि मात्र उक्त रोबोट पुच्छ«ेतारामा ऐतिहासिक रूपमा सफलतापूर्वक अवतरण भएको हो । तथ्याङ्कहरूले लुगाधुने मेसिन आकारको उक्त प्रयोगशाला कम गुरुत्वाकर्षण भएको पुच्छ«ेतारामा तीनपटक उफ्रिएको देखाएका छन् । यो पुच्छ«ेतारा हाल प्रति सेकेन्ड १८ किलोमिटरको गतिमा सूर्यतर्फ गइरहेको छ । फिलीमा रहेको भालाले राम्रोसँग काम गर्न नसके पनि यसले वैज्ञानिक तथ्याङ्क युरोपेली अन्तरिक्ष संस्था ९एसा० मा पठाएको छ । यस मेसिनले पुच्छ«ेताराको सतहबाट लिएको तस्बिर हाल पठाइरहेको छ । यस अभियानका प्रमुख फ्रान्सको सीनेस अन्तरिक्ष संस्थाका फिलिप गाउडोनले यसको टुलुजस्थित नियन्त्रण कक्षबाट फिलीले राम्रोसँग काम गरिरहेको र यसको ब्याटरीले पनि राम्रोसँग ऊर्जा दिइरहेको बताउनुभयो । उहाँले उक्त रोबोट प्रयोगशालाले पठाएको तस्बिरले उ निकै भिरालोमा रहेको देखिएको बताउनुभयो । फिलीको मुपुस नाम गरेको उपकरणले यो तीनपटक उफ्रिएको देखिएको ट्विट गरेको छ । गाउडेनले फिली तीनपटक उफ्रिएको र हाल पुच्छ«ेतारामा सुरक्षित रहेको देखिएको बताउनुभयो । फिलीमा १० उपकरण रहेको छ र यसले ६७पी÷चुर्युमोभ–गेरासिमेनको नामक पुच्छ«ेतारामा अनेकौँ अनुसन्धान गर्नेछ । यो रोबोट प्रयोगशाला बनाउन १।३ अर्ब युरो खर्च भएको छ र यसको निर्माणमा दुई दशक लागेको बताइएको छ । हिउँ तथा धुलोबाट प्रारम्भिक रूपमा बनेको यो पुच्छ«ेताराले ४।६ अर्ब वर्ष अगाडि सौर्य प्रणाली कसरी बनेको भन्ने विषयमा गोप्य सूचना उपलब्ध गराउने अनुमान गरिएको छ । यसले जीवनका केही तत्व त्यहाँ रहे वा नरहेको भन्ने विषयमा पनि जानकारी दिनेछ । फिलीलाई लिएर गएको रोसेटा सन् २००४ मा पृथ्वीबाट प्रक्षेपण भएको हो र अगस्त महिनामा ऊ आफ्नो लक्ष्यमा एक दशकपछि पुगेको थियो । यसले आफ्नो गति प्राप्त गर्न पृथ्वी तथा मङ्गलग्रहको गुरुत्वाकर्षण शक्तिलाई गुलेलीको रूपमा प्रयोग गरेको थियो । रोसेटा तथा फिलीले सँगै रहेर ६।५ अर्ब किलोमिटर दुरी तय गरेका थिए । उनीहरू बुधबार भिन्न भएर फिली २० किलोमिटर पर पुच्छ«ेतारामा अवतरण भएको थियो । एकसय किलोग्रामको फिलीले पुच्छ«ेतारामा छोएपछि जर्मनको डार्मस्टाडमा खुसी मनाइएको थियो । फ्रान्सको सीनेस अन्तरिक्ष केन्द्रका प्रमुख जाँ–यिभ्स ल गालले बिहीबार आफूहरूसँग फिलीका विषयमा तीन राम्रो समाचार रहेको बताउनुभयो । उहाँले फिलीले एक रात पुच्छ«ेतारामा बिताएको, त्यसले हाल ऊर्जा प्राप्त गरेको, त्यसको सौर्य प्यानल सञ्चालनमा आएको र रोसेटाको माध्यमबाट फिलीसँग स्थायी सञ्चार प्राप्त भएको बताउनुभयो । फिलीले ब्याटरीको प्रयोग गरी ६० घण्टा काम गर्नसक्छ र त्यसले सूर्यको प्रकाशका आधारमा थप अनेकौँ महिना काम गर्नसक्छ । फिलीलाई जे भए पनि रोसेटा भने उक्त पुच्छ«ेताराले सूर्यको परिक्रमा नगरेसम्म त्यसको पछि रहने बताइएको छ । यो अभियान सन् २०१५ को डिसेम्बरमा अन्त्य हुनेछ । उक्त समयमा पुच्छ«ेतारा सूर्य प्रणालीको भित्री तहमा प्रवेश गर्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?