नेपालमा बालिकाहरु आफन्तबाट नै असुरक्षित, अधिकांश यौन हिंसाका घटनामा आफन्तले गरे घात
कालिका खड्का
नेपालमा पछिल्लो समयमा आफ्नै आफन्तबाटै बालिकाहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन् । नेपालका विभिन्न जिल्लामा बालिकामाथि हुने गरेको यौन दुव्र्यवहार र बलात्कारका घटनालाई हेर्दा बढी मात्रामा आफन्तैबाट भएको अध्ययनले देखाएको छ । काभ्रे जिल्लामा २० वर्षकी किशोरी चार वर्षदेखि आफ्नै हजुरबुबा र बुबाबाट बलात्कृत भएको तथ्य बाहिर आयो । किशोरीले आफूमाथि भएको जघन्य अपराधविरुद्ध न्यायका लागि आमा र मामालाई गुहारिन् । तर, समाजको डर र लाजले आमा र मामाले केही गर्ने हिम्मत नै गरेनन् । किशोरीले आफ्नै आँट गरेर घटना बाहिर ल्याइन् । काभ्रे जिल्लाकै अर्को घटनालाई हेर्ने हो भने सात वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कारपछि हत्या गरेको तथ्य सार्वजनिक भयो । रुकुमकी १३ वर्षीया बालिका पनि आफन्तैबाट बलात्कृत भइन् । लाज र सङ्कोचले उनले आफूप्रति भएको दुव्र्यवहार बताइनन् । चार महिनाको गर्भवती भएपछि मात्र यथार्थ बाहिर आयो । पिता सरह मानिने आफ्नै गुरु र आफ्नै भनेर विश्वास गरिएका अभिभावकबाट बालिकाहरु बलात्कृत हुने गरेका छन् । युनिसेफ र सिविसले सन् २००६ मा गरेको अध्ययनअनुसार नेपालमा ११ वर्षमुनिका १२ दशमलव ३ प्रतिशत बालिका तथा ७ दशमलब एक प्रतिशत बालबालिकाले आफ्नै नातेदारबाट नै यौन दुव्र्यवहार हुने गरेको बताएका थिए । त्यसमा २४ प्रतिशत जर्बजस्ती करणीका घटना एउटै परिवारका सदस्यबाट भएको देखिएको छ । १७ प्रतिशत छिमेकीबाट र १७ प्रतिशत घटना विद्यालयका शिक्षकबाट भएको पाइएको छ । यौन दुव्र्यवहारमा परेका बालबालिकाको उमेर समूहलाई अध्ययन गर्दा २३ प्रतिशत बालिका १० वर्ष मुनिका, ६७ प्रतिशत बालबालिका ११ देखि १६ सम्मका र १० प्रतिशत बालबालिका १७ देखि १८ वर्ष उमेर समुहका रहेका छन् । नेपाल प्रहरीको सन् २०१२÷१३ मा परेका ७०१ उजूरीमध्ये ४९ दशमलव ६४ प्रतिशत घटना १८ वर्षमुनिका बालबालिकाका छन् । प्रहरीकै तथ्याङ्कअनुसार महिनामा ८० जनाभन्दा बढी यौन दुव्र्यवहारको सिकार हुन्छन् त्यसमध्ये ५० प्रतिशतभन्दा बढी बालबालिका नै छन् । “बालिकामाथि आफ्नै आफन्तबाट यौन हिंसा, दुव्र्यवहार र बलात्कारका घटनाहरु बढ्दै गएका छन्, त्यसलाई न्यूनीकरण गर्न सरकारले पीडकलाई कडा सजायको व्यवस्था गर्नुपर्ने जरुरी छ”–राष्ट्रिय महिला आयोगका अध्यक्ष शेख चाँदताराले भन्नुभयो । कतिपय अभिभावक र बालबालिकाहरु आफूमाथि हुने यौनजन्य दुव्र्यवहारका बारेमा जानकार हुदैनन् । अभिभावक र शिक्षकहरुमा पनि यस्ता खालका ज्ञान र सीपको अभाव देखिन्छ । नेपालमा बालबालिकामाथि भइरहेका यौनजन्य हिंसा र दुव्र्यवहारबारे स्पष्ट कानुन र नियमको अभाव छ । मुलुकी ऐन १४ नं महलमा जबर्जस्ती करणी र यौन हिंसाको बारेमा प्रावधान राखे पनि यसले बालबालिकामाथि यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई दिइने दण्ड सजाय, दुव्र्यवहारमा परेका बालबालिकाले पाउने क्षतिपूर्ति, बालमैत्री व्यवहार, शिक्षा तथा स्वास्थ्यको बारेमा कुनै कुरा पनि राखिएको छैन । मुलुकी ऐनको दफा ११ ले त्यस्तो घटना भएको ३५ दिनभित्र उजुरी दिनुपर्ने व्यवस्था छ । बालबालिकामैत्री कानून नहुँदा बालबालिकाहरुलाई न्यायको पहँुचमा अवरोध भएको छ । अधिवक्ता कमलप्रसाद गुरागाईंले भन्नुभयो, “जर्बजस्ती करणी भएमा कानुनी हदम्याद ३५ दिनभित्र उजुरी दिइसक्नुपर्छ भन्ने छ, तर बालबालिकाले डर, लाज, इज्जतका कारण आफ्ना पीडा भन्दैनन्, धेरै पछि थाहा हुँदा बालबालिकालाई न्याय दिन सकिदैन ।”
‘कालोटोपीमा युवा अभियान’
बालयौन दुव्र्यवहारलाई न्यूनीकरण गर्न समुदाय, सरकार र कानुनको उदासीनताका विरुद्ध ‘कालोटोपीमा युवा अभियान’ हुने भएको छ । सिविस नेपालको संयोजकत्वमा भ्वाइस अफ चिल्ड्रेन, बालविकास समाज, विद्यार्थी सरोकार नेपाल, थिएटर सेन्टर फर चिल्ड्रेन, सहरी तथा वातावरण व्यवस्थापन समाजसहित विभिन्न ३० बालअधिकारकर्मी सङ्घसस्था आबद्ध रहेका छन् । नेपालमा सो अभियानको प्रारम्भ बाल दुव्र्यवहारविरुद्धको दिवस मङ्सिर ३ ९१९ नोभेम्बर २०१४० गतेबाट प्रारम्भ हुनेछ भने प्रत्येक शुक्रबार कालो ‘क्याप’ लगाई हातमा मैनबत्ति बालेर सो अभियान सुरु गरिने सिविसले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।